|

झापा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताको कारण मुलुक संकटग्रस्त भएको बताएका छन्। सोमबार बिर्तामोड पुगेका थापाले भ्रष्टाचारले देशलाई थला पारेको दाबी गरे।

थापाले निष्ठा, सिद्धान्त र आदर्शको राजनीति अहिलेको आवश्यकता भएको चर्चा गर्दै राष्ट्रिय स्वाधीनताको निमित्त राष्ट्रवादी देशभक्त शक्तिहरू एक ठाउँमा उभिनु पर्ने आवश्यकता समेत औँल्याए। धर्म परिवर्तन, बेरोजगारी समस्या समाधान नगरे मुलुक थप बर्वादीतर्फ धकेलिने थापाको टिप्पणी गरे।

मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने आफ्नो योजनालाई सबैको साथ सहयोगमा पूरा गर्ने उनको भनाइ छ। ​​केन्द्रमा पार्टी एकतापछि तल्लो तहसम्म एकताको सन्देश पुर्‍याउन नसकिएको भन्दै थापाले अब नयाँ उत्साह र ऊर्जा दिनको निमित्त सक्रियता र गतिशीलता जरुरी भएको विचार व्यक्त गरे। 

यस्तै‚ उनले पार्टीको महाधिवेशन राप्रपाको निमित्त पुनर्जागरण भएको बताएका छन्। ​उनले महाधिवेशनलगत्तै पार्टी आन्दोलनमा होमिने बताए। पार्टी सञ्चालनका क्रममा केही त्रुटि र कमजोरी भएको स्वीकार्दै आगामी दिनमा विगतका कमजोरी नदोहोर्‍याउने प्रतिवद्धता व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.