|

खलंगा : जुम्लाको भेडीखर्कमा आगलागी हुँदा भेडाका २५ वटा पाठा जलेर नष्ट भएका छन्।

हिमा गाउँपालिका वडा नम्बर २ स्थित लेकमा रहेको खर्कमा आगलागी भई ती पाठा जलेको किसान वीरबहादुर शाहीले बताए। उनले भने, ‘सोमबार दिउँसो खर्कमा कोही नभएको समयमा आगलागी हुँदा खर्क पूरै जलेर नष्ट हुनुका साथै भेडाका पाठा, २० भन्दा बढी राडी कम्बल, लगाउने र बिछ्याउने लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएका छन्।’

उनले भेडापालक किसान दत्तबहादुर शाहीका ३, धनबहादुर रोकायाका ३ सहित १२ जना किसानका २५ वटा  पाठा जलेर मरेको बताए। भेडाकिसानले क्षति भएको विवरण बड्की प्रहरी चौकीलाई जानकारी गराएको शिक्षक खम्बा शाहीेले बताए। 

करिब ४ हजार मिटर उचाइमा रहेको खर्क नै जलेर नष्ट भएपछि ओत लाग्ने स्थान नहुँदा आगो बालेर रात कटाएको किसानले बताएका छन्। जुम्लामा चिसो बढिसकेको अवस्थामा सामूहिक खर्क जलेर नष्ट भएपछि भेडाकिसान चिन्तित भएका छन्। किसान रोकायाले नयाँ पाठा दिन प्रदेश सरकारसमक्ष माग गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.