|

काठमाडौं : फेसबुककी एक पूर्वकर्मचारीले फेसबुक कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पुर्‍याउने, सम्बन्ध बिगार्ने र मुलुकको प्रजातन्त्रलाई कमजोर बनाउने गरेको बताएकी छन्। 

अमेरिकी विधायकहरुसँगको कुराकानीमा उनले यस्तो जान्दाजान्दै पनि कम्पनीका वरिष्ठ कर्मचारीहरूले मुनाफालाई प्राथमिकतामा राखेको बताएकी छन्। फेसबुकमा प्रडक्ट म्यानेजरको रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले सो कम्पनीका गोप्य कुराहरू चुहाएकी थिइन्। उनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिइन्। 

फेसबुकले भने हाउगनले आफ्नो ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै बचाउ गरेको छ। तर उसले एक विज्ञप्तिमार्फत अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारेको छ। 

हिजो भएको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा दुर्लभ रूपमा एकै ठाउँमा देखिएका थिए। उक्त विशाल प्रविधि कम्पनीमाथि छानबिन र नियमनको बढ्दो माग भइरहेका बेला यी अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन्। 

पौने ३ अर्ब सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो। करोडौँ प्रयोगकर्ता सोही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्राम जस्ता अन्य उत्पादन चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.