|

वीरगन्ज : राष्ट्रिय जनमोर्चाले वीरगन्जको घण्टाघर चोकमा संघीयताको खारेजीको माग गरेको छ।

संघीयताका नाममा मुलुकमा गणतन्त्र र संविधानमाथि संवैधानिक संकट आउन थालेकाले संविधान र गणतन्त्रको रक्षाका लागि संघीयता खारेज गर्नुपर्ने राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताले सभामा बताए।

गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, संघीयता खारेज गरौं भनी बुधबार देशका सातै प्रदेशमा एकैचोटि यस्तो कार्यक्रम गरेको जनमोर्चाको भातृसंगठन अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले बताए। संघीयताविरोधी पार्टीको छुट्टै कार्यक्रम भएकाले सत्ता गठबन्धन भने अहिले नै नतोडिने उनको भनाइ छ।

गणतन्त्र रक्षाका लागि नेकपा एमालेका केपी ओली पनि आए पनि मिलेर जान सकिने उनको भनाइ छ। ‘उनको विगतको कार्यशैली भने गणतन्त्र विरोधी छ’, अध्यक्ष रेग्मीले दाबी गरे। एमसिसी खारेज गर्नुपर्ने जनमोर्चाको बटमलाइन भएको उनले स्पष्ट पारे।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.