काठमाडौं : नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। गत वर्ष दुर्गापूजाका वेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो। यो वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो।
उपत्यकाका कालिकास्थान, भद्रकाली, शोभा भगवती, बिजेश्वरी, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी, इन्द्रायणी, चामुण्डादेवी, सुन्दरीमाई, बज्रयोगिनी, बज्रवाराही लगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। नवरात्रको पहिलो दिनदेखि नै शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ।
यसैगरी उपत्यका बाहिरका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ। पाथीभरा, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, इच्छाकामना देवी, मनकामना देवी, शैलेश्वरी, बागलुङ कालिकालगायत देवी मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।