|

बैतडी : पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्य चौकीका दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। पुर्चौडी–१ कुडीखेतका सुरेन्द्रबहादुर धनुसेले बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन्।

मदिरा सेवन गरी आएका सुरेन्द्रले कार्यालयमै रहेका स्वास्थ्यकर्मीमाथि गालीगलौच र हातपात गरेको स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए। उनले कोरोना खोप नलगाएको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौच गरेको पीडितले बताएका छन्। स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि  असुरक्षित महसुस भएको इन्चार्ज धामीले बताए।

स्वास्थ्य चौकीका इन्चार्ज धामीलगायत चारजनाले सुरेन्द्रविरुद्ध प्रहरी चौकी पुरघाट उजुरी दिएका छन्। प्रहरी चौकीका प्रहरी निरीक्षक निराजन सुनारले उजुरी दर्ता भएको जानकारी दिए। 

‘हातपात र गालीगलौच गरेको भनेर चारजना स्वास्थ्यकर्मीले निवेदन दिएका छन्,’ उनले भने, ‘घटना के कारणले भयो भन्ने खुलेको छैन, दुवै पक्षलाई बोलाएर छलफल गरेपछि थाहा हुन्छ।’

हातपात र गालीगलौच गर्ने सुरेन्द्र फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.