|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री देउवा शीतलनिवास पुगेको हुन्। 

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेकाे राष्ट्रपति भण्डारीका  प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। राष्ट्रपति र प्रधानमन्त्रीबीचको नियमित   भेटवार्ता भएकाे उनले बताए। 

देउवा नेतृत्वको सरकार बनेको ८९ दिनपछि आज मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी छ। बालुवाटारमा विहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगाएको थियो। 

सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन्। 

सबै दलहरुले प्रधानमन्त्री देउवालाई मन्त्रीको नाम बुझाइसकेका छन्। आजै ४ बजे मन्त्रीहरुको सपथ गराउन कार्यक्रम तय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.