|

काठमाडौं : न्याय माग्दै बाँकेको नेपालगञ्जदेखि पैदल यात्रा गरी काठमाडौं आइपुगेका महिला तथा अधिकारकर्मीहरू काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन्।

नेवाजी गाउँकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको र प्रहरीले घटनाको अनुसन्धान नगरेको भनी उनीहरू न्याय माग्न काठमाडौं आएका हुन्। उनीहरुले असोज १ देखि पैदल यात्रा सुरु गरेका थिए।

यसअघि जिल्ला प्रशासन कार्यालय दाङको गेटमा भदै १३ देखि ३१ सम्म धर्ना दिएका थिए। उनीहरू न्याय नपाइञ्जेल नफर्किने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.