|

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश आज मन्त्रिपरिषद विस्तार गर्ने भएको छन्। नेकपा (माओवादी केन्द्र)ले मन्त्रीहरुको नाम दिइसकेकाले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको हो।

माओवादी केन्द्रले दाङका इन्द्रजित थारुलाई स्वास्थ्यमन्त्री र बर्दियाका तिलकराम शर्मालाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाउने र दाङकै विमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको बताइएको छ। शुक्रबार दिउँसो ३ बजेका लागि आफूहरुलाई सपथ कार्यक्रममा बोलाइएको इन्द्रजित थारुले थाहाखबरलाई बताए।

‘हामीलाई ३ बजेलाई तयारी हुन भनिएको छ,’ थारुले भने, ‘नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले पनि नाम बुझाए अलि ढिला गरी भए पनि मन्त्रिपरिषद विस्तार हुन्छ।’ 

लुम्बिनीमा अहिले सात जना मन्त्री छन्। कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री बनाउन बाँकी छ। कांग्रेसले क–कसलाई मन्त्री र राज्यमन्त्री बनाउने टुंग्याइसकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.