|

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्रबहादुर हमाल पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा अटाएका छन्।

प्रधानन्यायाधीश कोटाबाट हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेका हुन्। 

प्रधानन्यायाधीश जबरा र बाँकेका कांग्रेस नेता हमालबीच पारिवारिक सम्बन्ध छ।

हमाल गैरसांसद हुन्। संवैधानिक व्यवस्थाअनुसार गैरसांसद ६ महिना मन्त्री बन्न पाउने प्रावधान छ।

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति (१) धारा ७६ को उपधारा (९) मा जनुसकुै कुरा लेखिएको भए तापनि प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था छ। 

त्यसरी नियुक्त भएको व्यक्तिले ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसके स्वतः पदमुक्त हुने व्यवस्था छ। 

देउवाले मन्त्री बनाएका हमाल कांग्रेसका जिल्लास्तरीय नेता हुन्।

२०४० सालमा राजारानीको तस्वीर च्यातेपछि चर्चामा आएका हमाल कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग मतभेदपछि देउवा पक्षमा उभिएका थिए। 

कांग्रेस विभाजनपछि प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति बनेका हमाल २०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका थिए। 

यसअघि नै राणाको कोटाबाट हमाल मन्त्री बन्ने खबर बाहिरिएको थियो। तर, सर्वोच्च अदालतले त्यो समाचारमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.