|

काठमाडौं : लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको बोर्डको ४८ औं बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो।

बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह–प्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजिवृद्धि स्वीकृत गरेको बताए।

उनले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको बताए।

बोर्डको बैठकले सम्राट सिमेन्ट र क्युटिवान माथिल्लो त्रिशूली वानको सेयरको स्ट्रक्चर परिवर्तन सम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालु वर्षको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.