|

कञ्चनपुर : पुनर्वास नगरपालिका-४ आनन्दबजारबाट सशस्त्र प्रहरीले दुईजनालाई लागु औषधसहित नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट आँपतालका सशस्त्र प्रहरी नायब निरीक्षक गंगादत्त बोगटीका अनुसार आइतबार बिहान पुनर्वास–५ का २६ वर्षीय नरेश खडका र २४ वर्षीय कृष्णा सार्कीलाई नियन्त्रणमा लिइएको छ।

भारतबाट से ४ प ९६७८ नम्बरको मोटरसाइलमा चढेर आउँदै गरेका दुवै जनालाई चेकजाँच गर्ने क्रममा रातो हेल्मेटभित्र लुकाई राखेको अवस्थामा लागु औषध नेट्राभेटका ३० वटा फेला पारेको उनले बताए। पक्राउ परेका दुवै जनालाई बरामद लागु औषध र मोटरसाइलसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.