|

बर्दिया : हात्तीको आक्रमणबाट राजापुर नगरपालिका–१० झम्टीका ४० वर्षीय बेतन दहितको मृत्यु भएको छ। डिभिजन वन कार्यालय बर्दियाका साहायक वन अधिकृत दोण शर्माका अनुसार शनिबार राति क्रसर उद्योगबाट काम गरेर घर फर्किने क्रममा बेतनलाई हात्तीले आक्रमण गरेको हो।

नेपाल भारतको सीमामा ओहोरदोहोर गरिरहने हात्तीले आक्रमण गरेको साहायक वन अधिकृत शर्माको भनाइ छ। अहिले घटनास्थलमा डिभिजन वनको टोली पुगेर अनुसन्धान गरिरहेको उनले बताए।

यसअघि गत असार २ मा जंगली हात्तीको आक्रमणबाट बर्दियाको बाँसगढीका ७८ वर्षीय वृद्धको मृत्यु भएको थियो। सामुदायिक वनमा च्याउ खोज्न जंगल गएका उनलाई हात्तीले आक्रमण गरेको थियो।

पछिल्लो समय बर्दियामा पाटे बाघसँगै जंगली हात्तीले आक्रमण गरी स्थानीयको ज्यान लिइरहेको छ। निकुञ्ज प्रशासन र डिभिजन वनले भने जंगली जनावरले आक्रमण गर्ने भएकाले मध्यवर्ती क्षेत्रका स्थानीयलाई जंगलभित्र एक्लै नजान पटकपटक आग्रह गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.