|

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रूपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रूपैयाँ कायम गरिएको छ। गत साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार २५० रूपैयाँमा कारोबार हुनेछ। शुक्रबार प्रतितोला ९० हजार १५० मा कारोबार भएको थियो।

यस्तै‚ आज चाँदीको मूल्य पाँच रूपैयाँले बढेको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार १७० रूपैयाँमा कारोबार भएको थियो। आजको कारोबार मूल्य प्रतितोला एक हजार १७५ रूपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोकिने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.