|

दाङ : लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

लुम्बिनीको मन्त्रिपरिषद्ले आइतबार ६ मन्त्री र ४ राज्यमन्त्री थपिएपछि पूर्णता पाएको हो। प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रदेश सरकारमा नयाँ थपिएका मन्त्रीमध्ये दाङबाट ३ जना छन्।

माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्रीमा इन्द्रजित थारू, माओवादीबाटै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीमा विमलाकुमारी खत्री र कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा अर्जुनकुमार श्रेष्ठ तीनै जना दाङका हुन्।

यसअघि कांग्रेसको तर्फबाट दाङका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकासमन्त्री भइसकेका छन्।

प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीलाई शपथ गराएका हुन्।

शपथ लिने अन्य मन्त्रीहरूमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भू संरक्षणमन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री रूपन्देहीका बसीउद्दिन खाँ रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.