|

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक सूचना अनुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँ कायम गरिएको छ। आइतबार ९० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ। चाँदी आइतबार प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला एक हजार १८० रुपैयाँ मूल्य कायम गरिएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.