|

काठमाडौं : सेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। हिजो आइतवार १८ अङ्कले घटेको नेप्से आज सोमवार २३ दशमलव १९ अंकले घटेर दुई हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा झरेको छ।

आज लगानी र म्युचल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ। विकास बैंक, बीमा, माइक्रोफाइनान्स र व्यापार समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ।

आज महालक्ष्मी विकास बैंक र रैराङ हाइड्रो कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ। समग्र बजार घटे पनि ग्लोबल आइएमई समुन्नत स्किमको सेयर झन्डै १० प्रतिशत र सानिमा लाइफ इन्स्योरेन्सको सेयर आठ प्रतिशतले बढेको छ।

आझ दुई सय १९ कम्पनीका ९३ लाख १४ हजार कित्ता शेयर तीन अर्ब ६३ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै नबिल बैंकको १७ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। यो दिन लगानी समूह सर्वाधिक १.०७ प्रतिशतले उकालो लागेको छ भने म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशतको वृद्धि भएको छ।

आज अन्य समूह सर्वाधिक २.२१ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह २.१२ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.८७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६२ प्रतिशत, विकास बैंक समूहमा १.३५ प्रतिशत, जलविद्युत समूहमा १.१९ प्रतिशत, वित्त समूहमा १.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२९ प्रतिशत, अन्य लघुवित्त समूहमा १.२६ प्रतिशत र जीवन बीमा समूहमा ०.२७ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ९३ लाख १४ हजार ७८० कित्ता सेयर ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँमा किनबेच भएका छन्। आज नबिल बैंकको सर्वाधिक १७ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

हिमालयन डिस्टिलरीको १६ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको आज महालक्ष्मी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँ, निफ्राको ११ करोड ६७ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड ५० लाख रुपैयाँ, सानिमा बैंकको ९ करोड ९८ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ९ करोड ११ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स (संस्थापक सेयर) को ९ करोड ११ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ४९ लाख रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको ७ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन सानिमा लाइफ इन्स्योरेन्सका सेयरधनीहरूले सर्वाधिक कमाए। यो कम्पनीको सेयर मुल्य झन्डै ८ प्रतिशतले उकालो लागेको छ। सेयर बजारमा आज दसैँअघिको अन्तिम कारोबार हो। बजार अब असोज ३१ गतेमात्र खुल्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.