काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर सात सय ९२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ६ सय १९ जनामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा ७ सय ९२ जना संक्रमित भेटिएका हुन। यस्तै साेही अवधिमा १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
यस्तै आज ९ सय १० जना संक्रमितले कोरोनालाई जितेका छन भने हाल देशभर १४ हजार ५ सय ५४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।