काठमाडौं : टुँडिखेलस्थित सैनिक मञ्चमा आज फूलपातीको बढाइँ गरियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छन्।
नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन्। राष्ट्रपति भण्डारी नेपाली सेनाकी परमाधिपति हुन्।
समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरिएको थियो। त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्यान्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए। विदेशी कूटनीतिज्ञ, पूर्व सेनाप्रमुखहरू र निजामती कर्मचारी पनि बढाइँमा उपस्थित थिए।
फूलपाती बढाइँ (फोटो फिचर) :
तपाईंको ईमेल गोप्य राखिनेछ ।