|

जनकपुरधाम : महोत्तरीमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय बर्दिवासको अनुसार मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो।

मंगलबार साझ बर्दिवास-४ विश्वकर्मा चोक (पन्चधुरा मन्दिर जाने गेट, पूर्वपश्चिम लोकमार्ग) अगाडि भएको उक्त दुर्घटनामा ज१२प २९६१ नं.को मोटरसाइकलमा सवार बर्दिवास नगरपालिका-३ गौरीडाँडा बस्ने २६ वर्षीय सुरज तामाङ र प्र २-०१-००२प-०५९७ नम्बरको मोटरसाइकल चालक सर्लाहीको ईश्वरपुर नगरपालिका १ बस्ने २८ वर्षीय विजयकुमार महतोको मृत्यु भएको छ।

त्यसैगरी उक्त दुर्घटनामा ज १२ प २९६१ नम्बरको मोटरसाइकलमा पछाडि बसेका बर्दिवास-३ गौरीडाँडा बस्ने सोनु सिंह गम्भीर घाइते भएका छन्। उनको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

दुवै मोटरसाइकल आपसमा ठक्कर खाँदा ज१२प २९६१ नं. मोटरसाइकलमा सवार सुरज तामाङ र सोनु सिंह तथा प्र २-०१-००२प-०५९७ नं.को मोटरसाइकल चालक विजयकुमार महतोसहित तीनैजना सख्त घाइते भएकोमा सुरज तामाङ र सोनु सिंहलाई उपचारका लागि शुभ स्वस्तिक अस्पतालमा लगिएकोमा उपचारका क्रममा तामाङको राति मृत्यु भएको थियो भने महतोको जनकपुरस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.