|
भद्रपुर–६ मा दुर्गा पूजा गरी महाअष्टमी मनाउँदै बंगाली समुदाय। तस्वीर : पार्थ मण्डल

झापा : भद्रपुरमा महाअष्टमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी भव्य रूपमा मनाएका छन्। बंगाली समुदायले हरेक वर्ष झैँ यस वर्ष पनि महाअष्टमी पर्व हर्षोल्लासका साथ मनाएका हुन्।

नेपाल बंगाली समाज र बंगाली युवा क्लबद्वारा भद्रपुर–६ मा आयोजित २३ औं सार्वजनिक दुर्गा पूजास्थलमा व्रतालुहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी महाअष्टमी पर्व मनाएको आयोजक समितिका संयोजक अमूल्य मण्डलले जानकारी दिए।

बंगाली समुदायका महिला, पुरुष तथा बालबालिकाहरू महाष्टमीमा विशेष पूजाआजा गर्दै खुसी साटासाट गर्ने धार्मिक चलन रहेको छ।

उनीहरूले आजका दिन व्रत बसी पूजास्थलमा गएर दुर्गा मातालाई विशेष पूजाआजा गरी अञ्जली अर्पण गरेका थिए। महिलाहरू रातो सारीमा सजिएर महाष्टमी पूजा गर्ने चलन छ।

अघिल्लो वर्ष कोरोना महामारीले सार्वजनिक दुर्गा स्थगन गरिएको थियो। यस वर्ष स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पूजा गर्न अनुमति दिएपछि पूजास्थलमा व्रतालुहरूको उल्लेखनट्यठ उपस्थिति रहेको संयोजक मण्डलले बताए।

भद्रपुरमा बितेका वर्षहरूमा विभिन्न स्थानमा सार्वजनिक दुर्गा पूजाको आयोजना गर्थ्यो।

तर, बिस्तारै सबै सार्वजनिक दुर्गा पूजा बन्द भए पनि बंगाली समुदायले आफ्नो धर्म संस्कृतिको जगेर्नाका लागि यस पूजालाई निरन्तरता दिँदै आइरहेको छ।

तस्वीरहरूः

 

 

​​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.