काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठहरूको पूजा अर्चना गरेकी छन्।
बुधवार ४ बजेदेखि राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरुमा पूजा आराधना गरेकी हुन्। उनले काठमाडौं उपत्यकाका नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, शंकटा, नरदेवी, इन्द्रयाणी र शोभाभगवतीको दर्शन गरेकी हुन्।
भण्डारीले बडादशैँको महाअष्टमीको दिन बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमासमेत पूजा अर्चना गरेकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।