|

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीले जारी साफ च्याम्पियनसिपपछि पद त्याग गर्ने घोषणा गरेका छन्।

उनले आफुले नेपाललाई ऐतिहासिक उपलब्धिमा पुर्‍याएको भन्दै साफको फाइनलपछि नेपाल नफर्कने बताए।

नेपाल साफको फाइनलमा प्रवेश गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्ला खेलपछि पनि आफ्नो आलोचना भएको भन्दै आक्रोश व्यक्त गरेका थिए। उनले आजको खेलको जितमा भगवानले र भाग्यले साथ दिएको बताए।

उनले प्रतियोगिता सुरू हुनुअघि नै राजीनामा दिएको बताए। उनले भने, 'मैले प्रतियोगिता सुरू हुनुअघि नै राजीनामा दिएको थिएँ। साफ च्याम्पियनसिप समाप्त भएपछि राजीनामा लागू हुने छ।'

उनले यो खेलका लागि आफू निकै ठूलो तनावमा परेको बताए। उनले भने, 'मैले तीन दिनदेखि केही खाएको छैन, सुतेको छैन। आज म परिवारसँग बोल्न चाहन्छु।'

अल–मुताइरीकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरिसकेको छ।

बुधबार भएको खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल पुगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.