|

भोजपुर : श्रीमती हत्या अभियोगमा एक जना पक्राउ परेका छन्। भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का स्थानीय ४० वर्षीय फराछेतर शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।

घरयासी विवाद हुँदा ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको अभियोगमा प्रहरीले फराछेतरलाई पक्राउ गरेको जनाएको छ। फराछेतरले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यापछि फरार रहेका उनलाई सोही ठाउँको बाखु भन्ने स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मृतकको शव पोष्टमार्टमको लागि संखुवासभा अस्पताल पठाएको प्रहरीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.