|
भोजपुरको षडानन् नगरपालिका–१२ मा आयोजित भलिबल प्रतियोगिता समापनमा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राई। तस्वीर : भविन कार्की

संखुवासभा : नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राईले दसैंपछि आफू मुख्यमन्त्री बन्ने बताएका छन्।

गृह जिल्ला भोजपुरको षडानन्द नगरपालिका–१२ मा आयोजित भलिबल प्रतियोगिताको समापनमा उनले आफू मुख्यमन्त्री बन्ने निश्चित भएको बताए। उनले दसैं सकिएलगत्तै प्रदेश १ को मुख्यमन्त्री बन्ने दाबी गरे।

गठबन्धनको समर्थनले कात्तिक ७ भित्र प्रदेश १ को मुख्यमन्त्री बन्ने राईले बताए। राईले आफूसँग ५० सांसदको हस्ताक्षर रहेको बताए।

बहुमतको सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ। नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०,जनता समाजवादी पार्टीका ३ र लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ सांसदले समर्थन गरेको राईले बताए।

आगामी कात्तिक ५ गते बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको बाटो खुल्ला हुने बताए।

संसद्‍ अधिवेशनमा गठबन्धनका ५० सांसदले आचार्यको विपक्षमा मतदान गर्ने राईले बताए। आचार्यले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने उनले बताए।

प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेकै दिन ५० जना सांसदको हस्ताक्षर बुझाउने राईले बताए। प्रक्रिया अनुसार नै कात्तिक ७ गते गठबन्धनको समर्थनमा आफू मुख्यमन्त्री बन्ने उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.