|

गुल्मी : कालीगण्डकी करिडोर सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ।

कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको राक्से बौदीखोलामा सडक माथिबाट सुक्खा पहिरो खसेको हो। शुक्रवार बिहान करिब ९ बजेतिर पहिरो खसेर सडक अवरुद्ध हुँदा त्यस क्षेत्रमा सवारी आवागमन रोकिएको छ। दशैँको दिन टीका लगाउन जाने र आउनेहरू बीच बाटोमै रोकिएका छन्।

पहिरोले खानेपानीको पाइप पनि बगाएको छ। सडक खुलाउने समय लागेमा राक्सेवासीलाई खानेपानीको समस्या हुने स्थानीयले बताएका छन्।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले सडक खुलाउन डोजर पठाउने तयारी भइरहेको बताए। टीकाको दिन भएकाले डोजर अपरेटरहरू पनि नभएकाले समस्या भएको  थापाले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.