|

काठमाडौं : आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी। आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिई मनाइँदैछ।

किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०स्२ बजेको साइत शुभ रहेको छ। टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसादका रूपमा मान्यजनका हातबाट टीका, जमरा तथा आशीर्वाद थाप्ने क्रम जारी रहनेछ।

0

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.