|

भक्तपुर : बडादशैं र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव)को जात्रा शुक्रबार राति सम्पन्न भएको छ। तलेजु भवानीको साक्षात्त रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाइने गरिन्छ।

दशमीको राति तलेजु आगम घरकोको खँकुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शास्त्रअस्त्रसहित तलेजुको प्रतीरुप पायः द्योलाई तलेजुका मूल आचाजु र पुरोहितले राजोपाध्यलाई हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पुजारी नरेन्द्र जोशीले बताए। 

जात्राको क्रममा तलेजुमा राजोपाध्यायले पायः द्योलाई आफ्नो काँधमा बोकेर तलेजु मुलचोकबाट बेकोचोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गराई दरबार स्क्वायरको स्वर्णद्वारमा पुगेपछि पंक्तिवद्ध रुपमा रहेका नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गर्छन्। तलेजु भवानीवाट मन्त्रसिद्धि प्राप्तिपछि पायः द्यो जीवित देवता नवदुर्गा देवगणसहित पथयात्राका जाने प्रचलन रहेको छ।

यो जात्रा चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो र तल्लो टोलमा हुने गर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.