|

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा सहभागी हुन नपाउने भएका छन्।

प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएकाले अलमुताइरीमाथि साफले फाइनल खेलमा प्रतिबन्ध लगाएको हो। नेपालले आज भारतविरुद्ध उपाधिका लागि खेल्दैछ।

साफको यस निर्णयप्रति अलमुताइरीले असन्तुष्टि व्यक्त गरेका छन्। उनले सबैले नियमको पालना गर्नुपर्ने भएको उल्लेख गर्दै आफूहरूमाथि अन्याय भएको बताएका छन्।

यस्तै, फाइनल खेल नेपालका फरवार्ड अन्जन विष्टले गुमाएका छन्। उनले पनि प्रतियोगिताको दौरान दुईवटा पहेंलो कार्ड पाएका थिए।

उपाधिका लागि आज नेपाल र भारतबीच भिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे माल्दिभ्सको मालेस्थित रंगशालामा हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.