|

काठमाडौं : विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। टोलीमा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अस्मिना कर्माचार्य, कञ्चन श्रेष्ठ र सरस्वती जिम छन्।

यस्तै रेवती धामी, लक्ष्मी साउद, कविता कुँवर, कविता जोशी, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योती पाण्डे, करुणा भण्डारी, सरिता मगर र ईश्वरी विष्ट छन्। बन्द प्रशिक्षणबाट अन्तिम टिम छनोट हुनेछ। विश्वकप छनाेट खेल नाेभेम्बरमा युएइमा हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.