|

बैतडी : महाकाली नदी किनारमा आज एक भारतीय नागरिक मृत फेला परेका छन्। उनी भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्ला ग्राम पञ्चायत पिपलीका ४० वर्षीय सञ्जय ज्याला रहेका छन्। 

ज्यालाको शव बैतडीको दशरथचन्द नगरपालिका १० तिरखडेनीस्थित महाकाली नदी किनारमा भेटिएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। बिहान ७ बजेतिर स्थानीय बासिन्दाले ज्यालाको शव महाकालीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ। भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाइने प्रहरीले जनाएको छ। शवको परीक्षण पनि भारतमै गरिने भएको छ। 

ज्याला हिजो भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा महाकालीमा बेपत्ता भएका  बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.