|

काठमाडौँ : शनिवार मध्यरातमा बसेको गैरआवासीय नेपाली (एनआरएनए) केन्द्रीय समितिको बैठकले आफ्नो कार्यकाल ६ महिनाका लागि थप गर्दै मंसीर १४ गते (नोभेम्बर ३० तारिख) भित्र अधिवेशन गर्ने निर्णय गरेको छ।

हाल रहेको मुख्य विवादको विषय महाधिवेशन प्रतिनिधि चयनको छानबिन गर्न अध्यक्ष कुमार पन्तले पूर्व अध्यक्षहरू रहेको समिति बनाउने निर्णय बैठकले गरेको छ। समिति बनाउने सबै जिम्मा पन्तलाई दिइएको छ।

अक्टोबरको २३ देखि २५ तारिखमा हुने भनिएको दशौँ अन्तरराष्ट्रिय अधिवेशन परराष्ट्र मन्त्रालयको हस्तक्षेपका कारण रोकिएको थियो। संस्थाभित्र देखिएका केही विवादबारे मन्त्रालयमा उजुरी परेपछि मन्त्रालय लगायत केही नेताको सक्रियता निकै बढेको थियो।

अधिवेशन रोक्न र उठेका विवाद समाधान गर्न मन्त्रालयले पत्र पठाएपछि एनआरएनएभित्र अन्योल बढेको छ भने अहिलेको कार्य समितिको अवधि आगामी शुक्रवारदेखि सकिँदै छ।

संस्थापक समेत रहेका पूर्वअध्यक्ष उपेन्द्र महतो‚ जीवा लामिछाने समेतले मन्त्रालयले हस्तक्षेप गर्न नहुने बताउँदै आएका छन्।

अध्यक्ष पन्तले देखिएका समस्या समाधान वर्तमान कार्य समितिले नै समाधान गर्ने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.