|

काठमाडौं : कैलालीको धनगढी उप–महानगरपालिका–७ बेलीमा शनिबार बिहान मृत भेटिएका २५ वर्षीय रमेश चौधरीको हत्या उनकै श्रीमती र एक गाउँले युवक मिलेर गरेको खुलेको छ।

रमेशको हत्या उनको श्रीमती २७ वर्षीया अमृता चौधरी र स्थानीय २९ वर्षीय विष्णु चौधरीले गरेको खुलेको प्रहरीले जनाएको छ। कैलाली प्रहरीले रमेशको हत्यामा संलग्न अमृता र विश्णुलाई पक्राउ गरेको जनाएको छ।

कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार रमेशको हत्याको कारण अमृता र विश्णुबीचको अवैध सम्बन्ध रहेको खुलेको छ।

‘अमृता र विश्णुबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको कुरा रमेशलाई जानकारी रहेछ’, विष्टले भने, ‘शुक्रबार राति उनीहरूलाई घर नजिकै आपत्तिजनक अवस्थामा फेला पारेपछि रमेशले विश्णुलाई कुटपिट गर्दा प्रतिकारमा दुवै जना मिलेर उनको हत्या गरेछन्।’

विष्टका अनुसार दुई जनाले रमेशको घाँटी थिचेर हत्या गरी शव करिब डेढ सय मिटर टाढा खुटिया नदीतर्फ फालेका थिए। रमेशका परिवारले अमृता र विश्णुको नाममा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.