|

अमेरिकाको वेस्टचेस्टर काउन्टी निवासी ३६ वर्षीया एलेनले सन् २०२१ को मेमा असहज महसुस गरिन्।

त्यो साता उनी कार्यरत फाइनान्स कम्पनीका कार्यकारीले काम गर्न चाहनेले घरबाट गरिने अनलाइन काम छोड्नुपर्ने बताए। उनले सबै कामदारले कार्यालयमै आएर काम गर्नुपर्ने निर्देशन दिए।

यो कुराले आफ्नो सम्पूर्ण क्यारियर वाल स्ट्रीटमा काम गरेकी एलेनलाई कफी निल्न पनि गाह्रो भयो। उनी भन्छिन्, ‘विगत १८ महिनाको अवधिमा, म दैनिक जागिरमा १ घण्टा मात्रै बिताउँथे।’ उनी आफ्नो उद्योगमा कामदारका लागि कस्तो नियम लागू हुन्छ भनेर चिन्तित थिइन्।

‘म अफिस फर्कन चाहन्नँ। मलाई घरबाटै काम गर्न मन पर्छ। मैले प्रमाणित गरेँ कि मैले यो काम घरबाटै गर्न सक्छु र यो परिवर्तन गर्न चाहन्नँ।’

केही समयमा यो सम्भव भयो। त्यसको केही समयमा एलेनको कम्पनी लगायतका प्रमुख वित्तीय सेवा कम्पनीले कर्मचारीलाई कहाँबाट काम गर्ने भनेर रोज्ने मौका दिए।

महामारीभन्दा पहिले एलेनले आफ्नो तीनवर्षे छोरालाई काम जाने दिन बिरलै समय दिन पाउँथिन्। कोभिड १९ सुरु भएपछि उनलाई छोरासँग खाना खाने र नुहाउने र सुत्ने वेला वरपर बस्ने बानी परिसकेको थियो।

उनले महामारीबाट धेरै पीडा भोग्नु परे पनि छोरासँग नजिक हुने मौका पाएको बताइन्। ‘म काम गर्दै थिएँ र छोरा हेर्ने धाईआमा पनि थिइन्। जुम बैठक र कलको बीच ऊसँग निकट हुनै मौका अमूल्य पाउँथेँ।’ वर्षौंदेखि अभिभावकले कामका वेला आफ्ना बच्चाको हेरचाह गर्ने अवसर चाहेका थिए।

महामारीले मार्च २०२० मा धेरैलाई ती अवसर प्रदान गर्‍यो किनकि मानिसले घरबाटै काम गर्न थालेका थिए। अब महामारी नियन्त्रणमा आउन सक्ने अवस्था भएपछि कम्पनीले कर्मचारीलाई पूरै समय कार्यालय फिर्ता आउन भनिरहेका छन्।

सामान्यतया कार्यालयमा जाने विषयमा कर्मचारी विभाजित छन्। कर्मचारीले घरमै सन्तानसँग बसेर राम्रो काम गर्न सक्छन् भने उनीहरूलाई त्यो अवसर दिनुपर्ने आवाज उठ्न थालेको छ।

बैंकिङ क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि यसको प्रभाव देखिन थालेको छ। वकिलको काम गर्दै आएका ४३ वर्षीय रोबर्टका पाँच वर्षीय छोरा छन्। उनी आत्मकेन्द्रित बालक हुन्।

उनी भन्छन्‚ ‘मैले सबै काम भिडियोकलबाटै गर्न थालेँ। मेरो अफिस जाने समय बच्यो। यो समय परिवारलाई दिन पाएँ। मैले श्रीमतीलाई सघाउन पाएँ। म योग्य पिता र पति बन्ने अवसर पाएँ।’ उनका अनुसार बच्चालाई समय दिन नसक्दा हुने समस्या भएनन्।

सन्तानलाई समय दिएर पनि काम गर्न सक्ने भएपछि अब कर्मचारीले रोजगारदाता कम्पनीलाई दबाब दिन सक्ने उनको भनाइ छ। कार्यालय जानुपर्ने भएपछि ती अवसर खोसिन्छ भन्ने त्रास बढेको छ।

लन्डन बिजनेश स्कूलका प्राध्यापक डान केबल आफूहरूले घरबाटै काम गर्दा परिवार र कार्यालयबीचको तनाव कम भएको स्विकार्छन्। त्यो बीचमा अनावश्यक समय बचत भएको उनको भनाइ छ।  

कैयौँ कर्मचारीले घरबाटै राम्ररी काम गर्न सक्छन् भन्ने कुरा महामारीका वेला पुष्टि भएको छ। रोजगारीको खोजी गर्ने फ्लेक्स जबले हालै गरेको सर्वेक्षणमा करिब ५८ प्रतिशत कर्मचारीले सक्षम हुँदाहुँदै घरबाटै काम गर्न नदिए कम्पनी परिवर्तन गर्ने बताएको उल्लेख गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.