|
सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको ६ किलोमा दुर्घटनाग्रस्त बस। तस्वीर : विजय नेपाल

काठमाडौं : काठमाडौं जाँदै गरेको बस सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको ६ किलोनजिकै आइतबार दुर्घटना भएको छ। दुर्घटनाबाट बसमा रहेका ३५ यात्रु घाइते भएका छन्। 

रिजर्व गरिएको बा २ ख ३२६४ नम्बरको बस लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौं गइरहेको बेला सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी ) दक्षकुमार बस्नेतले बताए।

डिएसपी बस्नेतका अनुसार घाइतेमध्ये चालक र सहचालकसहित ४ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र बाँकीको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ।

उनले यात्रुहरू बसबाट बाहिर नउछिट्टिएको र बसभित्रै सिट र झ्याललगायतमा ठोक्किएर सामान्य घाइते भएको जानकारी दिए।

ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.