|

काठमाडौं : गृह मन्त्रालयले कैलालीसहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ। 

गृहमन्त्री बालकृष्ण खाणले दशैँ बिदापछि कार्यालय खुलेकै दिन आइतबार मन्त्रिस्तरीय निर्णयगर्दै प्रजिअसहित गृह अन्तर्गतका कर्मचारीको सरुवा गरेका हुन्।

किरण थापालाई कैलालीको सिडियोमा सरुवा गरिएको छ भने कैलालीका सिडियो खगेन्द्र रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ। यस्तै जगन्नाथ पन्त पाल्पा, हरिप्रसाद घिमिरे अर्घाखाँची, वेदनिधि खनाल सिन्धुपाल्चोक, वेदनिधि अधिकारी डोल्पा, नेत्र शर्मा मुस्ताङ, राजु पौडेल स्याङ्जाको सिडियोमा सरुवा भएको छ।

मन्त्रालयका अनुसार बिष्णु पौडेल मन्त्रालय, माधव ढकाल बिपद जोखिम प्राधिकरण, श्रीनाथ पौडेल मन्त्रालय र दिपक नेपाल मन्त्रालयमा सरुवा भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.