काठमाडौं : प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानीबाट १० जनालाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी प्रभाग कपनको टोलीले जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट दुई लाख १५ हजार रुपैयाँ, १२ थान तास बुक र कौडा दाना फेला पारेको प्रहरीले जनाएको छ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी बृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।