काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनी आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्। दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको हो।
केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन्। आज उनको छातीको परीक्षण गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।