|

काठमाडौं : साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किँदैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टिम बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छ।

गत शनिबार माल्दिभ्समा सम्पन्न फाइनलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। नेपाल साफको फाइनलमा पहिलो पटक पुगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.