|

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले परूष टिमका लागि मुख्य प्रशिक्षक पदमा आवेदन खुला गरेको छ। क्यानले सोमबार नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो। 

मुख्य प्रशिक्षक अस्ट्रेलियाली नागरिक डेभ ह्वाटमोरले गत भदौ ११ मा राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ। रिक्त पदका लागि क्यानको बोर्ड बैठकले दशैंअघि नै दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो।  दरखास्त अक्टोबर ३१ सम्म दिन सकिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.