|

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन्। बिरामी भएपछि उनलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो।

सोही अस्पतालबाट उनीआइतबार डिस्चार्ज भएको बताइएको छ। क्लिन्टनलाई निको भएपछि दक्षिणी क्यालिफोर्नियाको इरुभाइन मेडिकल सेन्टरबाट डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ।

पचहत्तर वर्षीय पूर्वराष्ट्रपति क्लिन्टनलाई गत बुधबार शरीरमा सङ्क्रमण भई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। ज्वरो नियन्त्रणमा आएको र शरीरबाट सङ्क्रमण हटेपछि अस्पतालबाट डिस्चार्ज गरिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.