|

नुवाकोट : किस्पाङ गाउँपालिका–५ मनकामनामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।

किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस सोमबार बिहान दुर्घटना भएको हो। घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

छतमा समेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.