|

काठमाडौं : नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनका बारेमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

‘पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनका बारेमा बैठकमा विषय प्रवेश भएको छ’, महराले भने। बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको र भोलि बिहान ८ बजे पुनः स्थायी कमिटी बैठक बस्ने उनले जानकारी दिए।

पार्टी एकतामा आएकाहरूको जिम्मेवारीसम्बन्धी एजेण्डा बैठकमा प्रवेश भएको र भोलि निर्णय हुने महराले बताए। पार्टी एकढिक्का भएर मुलुक र जनताका पक्षमा उभिएको तथा पार्टीभित्र कुनै खटपट नरहेको पनि उनले प्रष्ट पारे। बैठकमा सबै विषयमा खुलारूपमा छलफल भएको तर निर्णय मात्र हुन नसकेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.