|

काठमाडौं : साताको दोस्रो दिन सोमबार सेयर बजारमा पहिरो गएको छ। आज नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ विन्दुमा कायम भएको छ।

आज दुई सय १८ कम्पनीको सेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।

उक्त बैंकको नौ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सानिमा बैंकको नौ करोड ८१ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको नौ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, एनआईसी एसिया डिभेञ्चरको सेयर दुई प्रतिशतले वृद्धि भएको छ भने महालक्ष्मी विकास बैंकको शेयर १ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, एनआईसी एशिया सेलेक्ट फण्ड, साल्ट टेड्रिङ, सानिमा इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।

घलेम्दी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको सेयर ७ दशमलव ६९ प्रतिशतले घटेको छ भने कालिका पावरका लगानीकर्ताले सात दशमलव ६१ प्रतिशतले गुमाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.