|

गुल्मी : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संविधानले दिँदै नदिएको अधिकार केपी ओलीले प्रयोग गर्दा बालुवाटारबाट बालकोट जानुपरेको बताएकी छिन्।

केपी ओलीेले सनकको भरमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै झाँक्रीले त्यसको विरुद्धमा आफूहरू सुरुदेखि रहेको बताएकी छिन्।

सनकका भरमा प्रतिनिधिसभा विघटन गर्दा केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको समेत उनले दाबी गरिन्।

एकीकृत समाजवादी पार्टी गुल्मीको प्रथम जिल्ला भेलालाई सोमबार गुल्मीमा सम्बोधन गर्दै झाँक्रीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले समेत कल्पना नगरेको भन्दै झाँक्रीले त्यो अधिकार केपी ओलीले प्रयोग गरेको आरोप लगाएकी छिन्।

तीनमहिने संगठन विस्तार अभियान

पार्टीले अब तीनमहिने संगठन विस्तार अभियान चलाउने मन्त्री झाँक्रीले बताएकी छिन्।

पार्टीले प्रत्येक वडामा न्यूनतम पनि सय जना संगठित सदस्य रहेको कमिटी विस्तार गर्ने गरी योजना बनाएको उनले दाबी गरिन्।

संगठन विस्तारका क्रममा युवाहरूलाई बढी जिम्मेवारी दिने झाँक्रीले बताइन्।

पार्टीको संगठित सदस्यले हप्ताको एक दिन संगठन विस्तार र पार्टीको काम गर्नुपर्ने उनको भनाइ छ।

यस्तै मन्त्री झाँक्रीले आफू मन्त्री भएपछि केही नयाँ काम गर्ने गरी योजना बनाएको दाबी गरेकी छिन्। 

सोमबार नै मन्त्री झाँक्रीले जिल्लास्थित कार्यालय प्रमुखहरूसँग भेटघाट गर्दै जनतालाई सहज र सरल तरिकाले सेवा प्रदान गर्न निर्देशन दिएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.