|

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्यान्डकाे ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘कोप २६ समिट’ मा सहभागी हुने भएका छन्।

साेमबारकाे मन्त्रिपरिषद् बैठकले ‘कोप २६ समिट’मा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ। ग्लास्गोमा आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ‘कोप २६ समिट’ आयोजना हुँदै छ। उक्त समिटमा अमेरिकाका राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका चर्चित नेताहरू सहभागी हुनेछन्।

बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

उनले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिइने निर्णय गरेको पनि बताए।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले अबुधाबी डाइलगको छैटौं मन्त्रिस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.