|
ग्लोबल आइएमई बैंकको खुसिबुमा खुलेको नयाँ शाखा।

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–१७, खुसिबुमा ०७८ कात्तिक १ सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २ सय ८१ पुगेको छ।

यसैगरि बैंकले आजैबाट मोरङ जिल्लाको सुनबर्षी नगरपालिका–२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ।

नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टरसहित) ४८ पुगेको छ। यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ।

‘सबैका लागि बैंक’ नारासहित २६ लाखभन्दा बढी ग्राहकमाझ सेवा दिँदै आएको छ। 

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्‍याउन ७६ जिल्लामा २ सय ८१ शाखा, २ सय ५१ एटिएम, २ सय ६० शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय ४० भन्दा बढी सेवा केन्द्रबाट सेवा दिइरहेको छ। 

त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.