|
प्रतीकात्मक तस्बिर

काठमाडौं : आइतबारदेखि निरन्तर भइरहेको वर्षाका कारण कर्णाली‚ तिला‚ पश्चिम सेती नदीमा पानीले खतराको सतह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान ७ बजे कैलालीस्थित चिसापानी जलमापन केन्द्रमा कर्णाली नदीले सतर्कता तह पार गरेको छ। केन्द्रले कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहेकाहरुलाई मंगलबार रातिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै‚ बिहान ७ बजे जुम्लास्थित सेरीघाट जलमापन केन्द्रमा पनि तिला नदीले सतर्कताको तह पार गरेको महाशाखाले जनाएको छ। पानीले खतराको तह पार गरेकाले तिला नदी तटीय क्षेत्रका बासिन्दालाई रातिसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ।

कैलालीस्थित खुटिया खोलामा पनि पानीले खतराको तह पार गरेको मुडीभर केन्द्रले जनाएको छ। माथिल्लो भूभागमा थप वर्षा हुने पूर्वानुमान रहेकाले जल सतह थप बढ्नसक्ने हुँदा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बताइएको छ।

यस्तै‚ डोटीस्थित पश्चिम सेती नदीमा पनि पानीले खतराको तह पार गरेको छ। गोपाघाट जलमापन केन्द्रले मंगलबार बिहान साढे ४ बजे मापन गरेको पानीको बहावले जलसतहले खतरा तह पार गरेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बसोबार गर्नेलाई दिउँसोसम्म उच्च सतर्कतामा रहन बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.