|

काठमाडौं : सरकारले तत्कालीन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका शाखा अधिकृत बासुदेव गजुरेललाई सेवाबाट बर्खास्त गरिएको छ।

किर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मीलाई सरुवा गरेको कसुरमा भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सरकारले उनलाई सेवाबाट बर्खास्त गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गरी गजुरेललाई सेवाबाट बर्खास्त गरिएको जनाएको छ।

जिल्ला अदालत मकवानपुरले २०७५ पुस १९ मा उनलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो। उक्त फैसलापछि गजुरेल फरार थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.