काठमाडौं : काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ)ले जलवायु परिवर्तनको विषयमा सर्ट फिल्म प्रतियोगिता गर्ने भएको छ। किम्फको १९ औँ संस्करण डिसेम्बर ९ देखि १३ सम्म आयोजना हुने जनाइएको छ।
जलवायु परिवर्तनले पारेको विश्वव्यापी असरलाई फिल्ममार्फत देखाउन यस वर्ष ‘ग्रीन ग्रोथः ग्रीन रिकभरी’ नाराका साथ प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ। फिल्म जलवायु परिवर्तनको कारण, असर तथा त्यसका चुनौती विषयमा केन्द्रित गरी बनाइएको हुनुपर्नेछ। उत्कृष्ट १० फिल्म किम्फमा प्रदर्शन गरिने छ भने प्रथम हुने फिल्मले ५०० युरो प्राप्त गर्नेछ।
उक्त प्रतियोगितामा फिक्सन तथा ननफिक्सन दुवै खालका फिल्म समावेश गरिने एवं मोबाइलबाट खिचिएका फिल्मलाई पनि मान्यता दिइने बताइएको छ। प्रतियोगिताको लागि नोभेम्बर १२ सम्म फिल्म बुझाइसक्नुपर्ने छ।
ग्रीन ग्रोथः ग्रीन रिकभरी सर्ट फिल्म फेस्टिवल किम्फ र नेपाल युरोपियन युनियनको संयुक्त आयोजनामा हुन लागेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।